काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि अधिकांश बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्।
हालसम्म वाणिज्यमध्ये २२ वटा वाणिज्य बैंक र राष्ट्रिस्तरका ७ वटा विकास बैंकले लाभांश घोषणा गरिसकेका छन्। अहिलेसम्मको लाभांश घोषणा केलाउने हो भने बैंकहरुका सबैभन्दा बढी नबिल बैंकको देखिएको छ। नबिल कुल ३८ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश रहेका छन्।
बैंकहरुमा दोस्रो धेरै लाभांश घोषणा गर्नेमा हिमालयन बैंक रहेको छ। यो बैंकले २१.३८ प्रतिशत बोनस र ४.६२ प्रतिशत नगद गरी कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ।
यसपालि महालक्ष्मी विकास बैंकले लगानीकर्ताहरुलाई मालामाल गर्न सफल भएको छ। महालक्ष्मीले कुल २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। जुन समग्र बैंकहरुमा तेस्रो सर्वाधिक धेरै लाभांश हो भने विकास बैंकहरु सबैभन्दा धेरै हो।
हालसम्म विकास बैंकहरुमध्ये दोस्रो धेरै लाभांश घोषणा गर्नेमा कामना सेवा देखिएको छ भने तेस्रोमा मुक्तिनाथ विकास बैंक देखिएको छ। यी दुवैले क्रमशः १९.४७ प्रतिशत र १८.५ प्रतिशत लाभांश घोषणा गरेका छन्।
लाभांश इतिहास केलाउने हो भने पनि महालक्ष्मी विकास बैंकको यो लाभांश हालसम्मकै उच्च हो। यसअघिका ५ आर्थिक वर्षमा महालक्ष्मीले सर्वाधिक १७.८९ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ। जुन आर्थिक वर्ष २०७५/७६ मा थियो। त्यति बेला महालक्ष्मीले ८ प्रतिशत बोनस र ९.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा महालक्ष्मी ९.२६ प्रतिशतमात्र लाभांश वितरण गरेको थियो। जसमा ८.८ प्रतिशत बोनस र ०.४६ प्रतिशत नगद लाभांश थिए।
अघिल्लो आर्थिक वर्षको तुलनामा महालक्ष्मीले गत आर्थिक वर्षका लागि १२७.३५ प्रतिशतले बढी लाभांश घोषणा गरेको देखिन्छ।
महालक्ष्मीले गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांशका कारण लगानीकर्ताहरु दंग छन्। ‘महालक्ष्मीले सरप्राइज नै गर्यो, राम्रै लाभांश आउँछ भन्ने थियो तर यति धेरै लाभांश घोषणा गर्ला भन्ने सोचेकै थिइनँ’, लगानीकर्ता मनीष दुलाल भन्छन्, ‘जेहोस् यसपालि महालक्ष्मीले लगानीकर्ताहरुलाई खुसी पारेको छ।’
अर्का लगानीकर्ता अनिल श्रेष्ठ महालक्ष्मीको यसपालिकाको लाभांशलाई बम्पर भन्न रुचाउँछन्। ‘अहिलेसम्म महालक्ष्मीले बोनस सेयर वितरण गरेको इतिहास हेर्ने हो भने त बम्परै हो नि’, उनले भने, ‘किनकि अहिलेसम्म ९ प्रतिशत मुनि नै बोनस सेयर वितरण गर्दै आएको थियो।’
9 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago