काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको पुस १८ गते बसेको बैठकले आउँदो माघ ११ गते काठमाण्डौको तीनकुनेस्थित कम्पनीको कार्यालयमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

सोही सभाले धादिङ जिल्ला रोरांग गाउँपालिकास्थित कान्द्रांगगढीमा रहेको चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपैयाँमा नेपाल सरकार खानी तथा भूगर्भ विभागबाट सञ्चालक समितिले खरिद गरेको निर्णय अनुमोदन गर्नेछ। 

सभाले वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज अनुमोदन गर्नेछ।