काठमाण्डौ । रुरल माइक्रोफाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफातर्फ छलांग मारेको छ । अघिल्लो वर्षको यही अवधिमा ३ करोड ९८ लाख नाफा कमाएको यो कम्पनीले समीक्षा अवधिमा ५ करोड ७७ लाख नाफा कमाएको हो ।

रुरलको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ७ करोड २५ लाखमा सीमित यस्तो आम्दानी बढेर ९ करोड ४६ लाखको उचाईमा पुुगेको हो । 

समीक्षा अवधिमा यो कम्पनीले ५ अर्ब २८ करोड सापटी लिई ६ अर्ब कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ४ अर्ब ९४ करोड निक्षेप संकलन गरी ५ अर्ब १० करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष ६ करोड २६ लाखमा सीमित संचालन नाफा बढेर ९ करोड माथि पुुगेको छ भने १ अर्ब १४ करोड रहेको रिजर्ब कोष बढेर १ अर्ब २३ करोडको उचाईमा पुुगेको छ । 

६९ करोड २१ लखबाट चुक्तापूँजी बढेर ७२ करोड ६७ लाख पुुग्दा यो कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेको छ । 

अघिल्लो वर्षको पहिलो त्रैमासमा २३.०४ रुपैयाँ रहेको इपीएस बढेर समीक्षा अवधिमा ३१.८० रुपैयाँ कायम भएको छ । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २७०.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.८१ गुणा कायम भएको छ ।