काठमाण्डौ । सशस्त्र प्रहरी बलले कुल १६२ जनाका लागि नयाँ भर्ना खुला गरेको छ। 

सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) मा नयाँ भर्ना खुलाएको हो। जसअनुसार सशस्त्र प्रहरीले ७९ जना प्रहरी निरीक्षक ( साधारण उपसमूहमा ७१ जना र कानुन उपसमूहमा ८ जना) र ८३ जना प्रहरी सहायक निरीक्षक (साधारण उपसमूह)का लागि दरखास्त आह्वान गरेको छ। 

इच्छुक उम्मेदवार आज असोज ७ गतेदेखि कात्तिक ६ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन्। 

थप जानकारीका लागि तल सूचनामा हेर्नुहोस्–