काठमाण्डौ । बैंक छाड्ने बिषयलाई हल्ला भनेर टिप्पणी गर्दै आएका नवील बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) सशीन जोशीले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा मंसिर १८ गते बसेको बोर्ड बैठकले स्वीकृत गरेको छ । 

बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार अहिले राजीनामा स्वीकृत भएपछि जोशी आगामी फागुन ४ गतेसम्म बैंकमै रहेनछन् । त्यसपछि भने ंनयाँ सीइओले बैंकको नेतृत्व सम्हाल्नेछन् । 

एनआइसी एशिया बैंकको सीइओमा साढे १२ वर्ष काम गरेपछि उनी राजीनामा दिई २०७२ असार १३ गतेदेखि नवीलको नेतृत्व सम्हाल्न पुुगेका थिए । उनीसँग ३२ वर्ष लामो बैकिङ अनुुभव छ । 

पछिल्लो समय उनीमाथि संचालक समितिका केही सदस्यले भनेअनुसार प्रगति गर्न नसकेको आरोप लगाउने गरेका थिए । भनेजसरी काम गर्न नसकेको आरोप लागेपछि केही महिनाअघि नै उनले राजीनामा दिने मूड बनाएका थिए ।