काठमाण्डौ। ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेसनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो संलग्नता जनाएको छ। यसमार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपोलगायत अन्य प्रिमियर सदस्यहरुले शक्त ओपन सोर्स एआई र डाटा कम्युनिटिजको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्याउनेछन्। 

सन् २०१८ मार्च महिनामा लिनक्स फाउन्डेसनद्वारा स्थापित एलएफ एआई एन्ड डाटा फाउन्डेसनमा विभिन्न उद्योगमध्येका ४९ सदस्य सम्मिलित छन्। यस फाउन्डेसनको उद्देश्य भन्नु नै संस्थाका सदस्यहरुबीच सहकार्यको सम्भानालाई बढावा दिँदै नयाँ अवसरहरु खोल्दै ओपन एआई र डाटा कम्युनिटीको स्थापना तथा विकास गर्दै एआई, एमएल र डाटा क्षेत्रमा ओपन सोर्स इन्नोभेसनलाई बढावा दिनु रहेको छ।

आफ्नो मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ तिर अग्रसर हुँदै, इन्टरनेट अफ एक्स्पेरियन्सको यस युगमा डेभलपर्स र पार्टनर्स दुवैका लागि फाइदाजनक ओपन इकोसिस्टमको निर्माण गर्नु ओपोको उद्देश्य हो। यसो गर्दा एलएफ एआई र डाटा फाउन्डेसन जस्ता समान सोच भएका पार्टनर्स एकअर्का प्रति सहकार्यका लागि आकर्षित हुन्छन्। 

लामो समयदेखि ओपोले एआई र डाटा प्रविधिमा लगानीलाई निरन्तरता दिइरहेको छ। कन्भरसेसनल एआई, मेसिन लर्निङ, पर्सनलाइज्ड रिकम्मेन्डेसन अल्गोरिथम, क्लाउड र डाटा सेवा तथा सेक्योरिटी एन्ड प्राइभेसीलगायत प्रविधिको अन्वेषण तथा विकासमार्फत ओपोको एआई र डाटा इन्जिनियरिङ प्रणालीले विश्वभरका प्रयोगकर्ता तथा डेभलपर्सलाई उत्कृष्ट सेवा प्रदान गर्छ।

एलएफ एआई र डाटा फाउन्डेसनमा सहभागिता जनाउँदै ओपोका अनुभवी प्रविधिक लियाम चेंग र डा. जिया जिमिनले क्रमशः गभर्निंग बोर्डका प्रतिनिधि र प्राविधिक एड्भाइजरी काउन्सिलका प्रतिनीधिका रुपमा एलएफ एआई र डाटाका सदस्यहरुसँग नजिक रही काम गर्दै उत्पादनका लागि  ओपन सोर्स टूल्सको प्रयोगका लागि उत्कृष्ट तरिका छनोट गर्न सघाउने छन्। 

‘ओपोलाई प्रिमियर सदस्यका रुपमा हाम्रो गभर्निङ बोर्डमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ। हाम्रा सबै फाउन्डेसन लेभल कमिटीहरुमा ओपोको भोटिङ सिट हुनेछ’, एलएफ एआई एन्ड डाटा फाउन्डेसनका कार्यकारी निर्देशक डा. ईब्राहिम हदादले भने, ‘हामी ओपन सोर्स डेभलपमेन्टको समर्थन गर्छौं। यसका साथै ओपन सोर्स एआई र डाटा प्रविधि एकीकृत गर्दै दुवैलाई सहज तथा भरपर्दो बनाउन सघाउने दीर्घकालीन इकोसिस्टमको निर्माणको पक्षधर हौँ। हाम्रो यस पहललाई ओपोले राम्रोसँग बुझेको छ, स्वस्थ इकोसिष्टम निर्माण तथा विकासकालागि अग्रसर छ। हामीद्वारा आयोजित प्राविधिक परियोजनाहरुका लागि समर्थन गर्दै समुदायमा नवप्रवर्तनलाई बढावा दिन रणनीतिकरुपमा सर्वोच्च सदस्यता श्रेणीमा सहकार्यका लागि स्वागत गर्न पाउँदा हामी निकै उत्साहितसमेत छौँ।’