काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको भाउमा आइरहेको गिरावटले निरन्तरता पाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले गिरावट आएको छ। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँमा झरेको थियो।
गत साता अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ तोलामै २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाका १ हजार २६० रुपैयाँ नै कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदीको भाउ १ हजार २६० रुपैयाँ कायम भएको थियो।
6 minutes ago
13 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago