काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो। 

लगातार ३ दिनदेखि चाँदीको भाउ भने स्थिर रहेको थियो। आज पनि चाँदी तोलाको १ हजार १६० रुपैयाँमै कारोबार भइरहेको छ।