काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १५० रुपैयाँ कायम भएको छ।

हिजो आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो।