-धनकुमार राई
बिडम्बना नै भन्नु पर्छ, कम्पनीहरुको कमाइको औसत सुध्रिएरै आएको छ, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको लागि कामहरु भइनै रहेका छन् । आर्थिक सूचकांकहरुले अघिल्ला वर्षहरुभन्दा प्रगति देखिंदा देखिदै पनि   बजार बढ्न सकिरहेको छैन । यसरी लगानीकर्ताहरुले बजार भन्दा बाहिर आफ्नो लगानीलाई राख्दा यही बिडम्बना निरन्तर छ र बजार बढ्न सकेको छैन र यो त्रासले केही समयसम्म नेपाली बजारलाई सताउने देखाउँछ । तर, बजारले बुलको आगमनको अंग्रिम संकेत गर्दैन र सधै घटिरहँदैन पनि, त्यसैले लगानीकर्ताहरु आफैंले कहिले खरिद गर्ने जोखिम र बेचेर मुनाफा आर्जन गर्ने निर्णय लिन जान्नुपर्दछ ।

सन्दर्भ बजार बढ्न किन सकिरहेको छैन भन्ने हो । न्यूयोर्कको फाइनान्सियल जिम नामक संस्थाका फाइनान्सियल प्लानर म्याक ले भन्छन्, जब जब शेयर बजार बढ्छ, तब तब हामी आफूलाई धनी र महान महसुस गर्छौं, त्यस्तै जब जब बजार घटिरहेको हुन्छ, तब तब आम लगानीकर्ताहरुमा नोक्सानबाट बच्नलाई शेयर बेच्नु नै उपयुक्त मान्न थाल्दछन् । जुन घाटासंगै निम्त्याइएको अर्को ठूलो गल्ती बन्नसक्छ । जब शेयर घट्छ, त्यो घटाइलाई आम लगानीकर्ताहरुले मृत्युको घण्टीसँग तुलना गर्ने चलन हुन्छ । त्यसैले म्याकले यसको अर्थ आम लगानीकर्ताहरु घट्दो सुचकांक र घट्दो मूल्यले लगानीकर्ताहरुलाई उनीहरुको अन्तज्र्ञानले यस्तो स्थितिमा खरिद गर्न रोक्छ, तर यो अगाडि आएर ठूलो गल्ती हुनसक्छ भनेर सचेत गराएका छन् । 

बजार कहिलेसम्म बढ्ने र घट्ने हो कसैलाई थाहा हुन्न र बजार गलत हुँदैन पनि। उनी थप्छन्, लगानीकर्ताहरुले तब मात्र बजारको बढोत्तरीको आनन्द लिन पाउन सक्छन्, जब बजारको तल्लो स्तरमा खरिददारीको जोखिम उठाउन सक्छन् । उनको यो उक्तिले सस्तोमा किन्ने र महंगोमा बेच्ने भन्ने भनाइलाई पनि म्यान्डेट दिएकोले नेपाली लगानीकर्ताहरुले पनि हार नखाई आफ्नो पोर्टफोलियो ब्यवस्थित गर्ने अवसरलाई खेर फाल्नुहुन्न । बजारमा व्यवसायिक लगानीकर्ताहरुको घुक्र्याईलाई बुझौं, ब्यवसायिक लगानीकर्ताहरु जहिले पनि आम लगानीकर्ताहरुलाई सस्तोमा बेचाउने र आफूले किन्ने गर्दछन् भने महङ्गोमा बेचेर त्यहि कित्ता आम लगानीकर्तालाई किनाउने चलन हुन्छ ।  

अतः बढ्दा उत्साहित हुने र घट्दा हतोत्साहित हुने प्रवृत्तिले नै बुल वियरको मार्ग प्रशस्त गराइरहेको सबैलाई विदितै छ । यसरी बजारको स्वभाविक उतारचढावलाई बेवास्ता गर्ने हो भने घट्दो बजार डिस्काउण्टसहितको लगानीको अवसर हुनसक्छ । विश्वको पुरानो कारोबार क्षेत्र वालस्ट्रि«टमा भेला हुने व्यवसायिक लगानीकर्ताहरु मान्दछन् कि बुल मार्केट बुढो भएर पनि कहिल्यै मर्दैन भने बजारमा आउने बियर या भनौं करेक्सन सधैभरिलै नभई अस्थायी मात्र रहने भएकोले बियर पछिको बुल पक्का नै हुन्छ । एक अध्ययनले १९३० पछिको ब्यवस्थित स्टक बजारहरुको कारोबारी इतिहासलाई हेर्दा सबै बजारमै बुललाई बियरले पछ्याइरहेकै देखिन्छ । एक समय अमेरिकाको डाउजोन्स ४० प्रतिशत सम्म र एसएनपि ५७ प्रतिशत सम्म घटेको कारोबारी इतिहास छ भने त्यसपश्चात बजारले २५४ प्रतिशत सम्मको बढत निरन्तर राखेको पनि पाइएकोले हाल नेपाली बजार १८८८ देखि ११५० सम्मको करेक्सन पश्चात पनि बुलको संघारमा उभिएको ठम्याइ गलत नहुने देख्न सकिन्छ । 

बजारको साप्ताहिक प्राविधिक विश्लेषण

प्राविधिक संकेतहरु कमजोर नै देखिए संगै प्राविधिक पिभोट र डि-मार्कसको गणित अनुसार आउने साता बजार संकुचित सिमाबाट बाहिर आउने प्रयास स्वरुप धेरै तल आएमा ११७० देखि कम्तीमा पनि १२१३ बिन्दु भित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।
नेपाली बजारको कुरा गर्दा, बजारमा अन्यौलका बीच बजार यो साता २३.८७ अंकको गिरावटसहित १ अर्ब आसपास कारोबार रकमले लगानीकर्ताहरुको डरले उन्मुक्ति नपाइसकेको साताको रुपमा लिन सकिन्छ । र प्राइस एक्सन र भोल्यूम (कारोबार रकम)बाट बनिरहेको ट्रेण्डले अनिश्चितताको निरन्तरता स्पष्टै छ र बजारमा रहेको लगानीकर्ताहरुको केवाईसि अपटेड र मूलधारका लगानीकर्ताहरु तथा करपोरेट लगानीकर्ताहरुको अनुपस्थिति पनि बुझ्न सकिन्छ । 

यस्तो अवस्थामा बजारको प्राविधिक ट्रेन्ड र संकेत कमजोरी देखिए पनि कम्पनीहरुको कमाइको औसत सुध्रिएरै आएको छ, राजनैतिक स्थायित्व र आर्थिक समृद्धिकोे लागि कामहरु भइनै रहेका छन् । आर्थिक सुचकांकहरुले अघिल्ला वर्षहरुभन्दा प्रगति तुलना गर्दा र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई सम्झदा नेपाली बजारमा आउने कमजोरी संगै खरिददारी युक्तिसंगतै देखिन्छ । हालको नेपाली बजार सेमिअनलाइनबाट पूर्ण अनलाईन कारोबारको छलाङ आफैंमा अवसर रहेकोमा कुनै शंकै नगरे हुन्छ, तर सरोकारवाला र सम्बन्धित निकायबाटै हुने कमजोरीबाट आम लगानीकर्ता थलिने ब्यवस्थाको अन्त समयको गतिसंगै हुने पनि निश्चित नै भएकोले लगानीकर्ताहरुबाट अपेक्षा गरिएको आवश्यक सहभागिताको निम्तोलाई अनिवार्य उपस्थिति जनाई पूर्ण अनलाईन कारोबारको अनुभूति सहित संसारको कुनै पनि कुनाबाट नेपाली पोर्टफोलियोलाई कारोबार गर्ने अवसरलाई सफल बनाउन एक बनौं ।