काठमाण्डौ । सहकारी संस्थाका सदस्यहरुले अब आफ्नो सहकारीको खाताबाट सिधै बैंकको खातामा रकम पठाउन सक्ने भएका छन्।

हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिङ प्लेटफर्म ‘एम बैंक एप’ प्रयोग गरी सहकारीको खाताबाट रकम सिधै बैंक खातामा ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेका वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ ।

‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सक्ने हाम्रो टेक्नोलोजीका सञ्चालक सञ्जय महासेठले जानकारी दिए।

हाम्रो टेक्नोलोजीले निर्माण गरेको यो प्रणालीले सहकारीको र बैंकबीचको डिजिटल कारोबारको  दूरीलाई समाधान गरेको छ। विगतमा सहकारीमा खाता हुनेले त्यहाँको चेक बैंकमा डिपोजिट गर्न नपाउँदा सहकारीमा खाता हुनेले पैसा ट्रान्सफर गर्नलाईसमस्या भोग्दै आएका थिए। तर अब भने सहकारीमा खाता भएकाले पनि सहजै बैंकहरुको खातामा एक क्लिकमै पैसा ट्रान्सगर गर्न पाउनेछन्।  

लकडाउनको विषम परिस्तिथिमा हाम्रो टेक्नोलोजीले निर्माण गरेको यो प्रणालीले कम्पनीमा आबद्ध सहकारीका सदस्यलाई घरमै बसेर डिजिटल कारोबारको अवसर सिर्जना गरेको कम्पनीले जनाएको छ। 

हाम्रो टेक्नोलोजीमा अहिले ३०० वटा सहकारी संस्थाहरु आबद्ध छन्। कम्पनीमा आबद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सक्ने  कम्पनीका सञ्चालक विष्णु महर्जनले बताए । 

विगत ५ वर्षदेखि हाम्रो टेक्नोलोजी प्रालिले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा केही नयाँ र नौलो गर्ने उदेश्यका साथ अघि बढिरहेको छ। हाम्रो टेक्नोलोजीले कम्पनीमा आबद्ध १० वटा बैंकलाई समेत सेवा दिइरहेको छ। 

एम बैंक एपमा धेरै नयाँ नौलो सुविधाहरु दिइरहेको हाम्रो टेक्नोलोजीका सिनियर म्यानेजर सुशिला पुरी शाहीले बताइन्। ‘एम बैंक एपमा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टीभी, रिचार्ज गर्न, ई–सेवा, खल्ती, प्रभु पे, आईएमई पेजस्ता डिजिटल वालेट लोड गर्ने,  बिजुली तथा खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यूआर भुक्तानीलगायतका सेवाहरु उपलव्ध छन्’, उनले भनिन्।

हाल ४ वटा सहकरी सिखर सहकारी (झापा), चन्द्रागिरी सहकारी (काठमाण्डौ), नवजीवन सहकारी (धनगढी) र नेजु गुरु सहकारी (काठमाण्डौ) ले यो सुविधाको सफल परीक्षण गरिसकेका छन्। यी सहकारीले चाँडै आफ्नो सदस्यहरुबीच यो नयाँ प्रोडक्ट अर्थात बैंक खातामा रकम ट्रान्सफर गर्न मिल्ने सेवा सुरु गर्दैछन्। 

हाम्रो टेक्नोलोजीले बैंक र सहकारी तथा वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको छ।