धरान । धरान उपमहानगरपालिकाभित्र सञ्चालित सबै सहकारी संस्थाहरु निक्षेपकर्ताका सुुविधाका लागि बिहान ११ बजेदेखि २ बजेसम्मका लागि खुुुल्ने भएका छन् ।

विश्वव्यायी रुपमा फैलिएको कोरोनाभाइरसको उच्च जोखिमलाई रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनका कारण विभिन्न सरकारी कार्यालय तथा वित्तीय संस्थाहरु बन्द गरिएको अवस्थामा निक्षेपकर्ताको सहजताका लागि विभिन्न शर्तमा खोल्न धरान उपमहानगरपालिकाले निर्देशन दिएको हो ।

सहकारी संस्थाहरु खोल्दा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र लिई खोल्नुुुपर्ने र सेवाग्राहीहरुलाई पनि कार्यालय परिसरभित्र भीडभाड हुुन नदिन निर्देशन दिंदै सामाजिक दूूरी कायम, ड्युुटी समयमा कर्मचारीले परिचयपत्र  अनिवार्य लगाउने, सेनिटाइजर, मास्क र पञ्जा लगाई सेवा प्रवाह गर्नुुपर्ने उपमहानगरपालिको जनाएको छ ।