काठमाण्डौ । सहकारी विभागले सहकारी संस्थालाई स्थिर सम्पत्तिहरु (घरजग्गा)मा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।
विभागले सहकारी संस्थाहरु जथाभावी रुपमा घरजग्गामा जथाभावी लगानी गरेर डुब्न थालेको भन्दै यस्तो निर्देशन जारी गरेको हो। विभागद्वारा मंगलबार (साउन ३१ गते) जारी निर्देशनमा कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा सकेसम्म कर्जा लगानी नगर्न भनिएको छ।
सञ्चालन घाटामा रहेका संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्न पनि विभागले निर्देशन दिएको छ। सञ्चालकको सुविधा कटौती गर्ने, मितव्यीता अपनाएर निश्चित प्रतिशतले प्रशासनिक खर्च घटाउने, विना योजना खोलिका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु बन्द गर्ने आदि उपायहरु अवलम्बन गर्न पनि निर्देशन भनिएको छ।
सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले निर्देशन दिएको छ। बचतकर्ता सदस्यसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो ? भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्नसमेत विभागले निर्देशन दिएको छ।
प्रशासनिक खर्च घटाउन, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु पनि बन्द गर्न विभागले निर्देशन दिएको छ।
ऋण असुली प्रक्रियालाई प्राथमिकता दिएर कार्ययोजना बनाएर कार्यान्वयन गर्न पनि निर्देशन दिइएको छ। विधि र पद्धतिमा सञ्चालित भएका सहकारी संस्थाहरुले तरलताको उपलब्धता, वित्तीय एवं संस्थागत क्षमता हेरी सदस्यहरुलाई नियमित रुपमा बचत फिर्ता गर्ने र सञ्चालकको निर्णयअनुसार साधारणसभाले पारित गरी प्रचलित कानुनबमोजिम संस्थाका सेयर सदस्यलाई लाभांश वितरण गर्न सक्ने निर्देशनमा भनिएको छ।
20 hours ago
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago