काठमाण्डौ । संसारमा सबैभन्दा धेरै धनाढ्यदेखि मगन्ते भएको देश भनेर भारतलाई चिनिन्छ। 

ज्याकपट विजेता भारतको केरला सहरका अटो चालक अनुप बी अहिले पैसा माग्न आउनेहरुको भीड बढ्न थालेपछि समस्यामा परेका छन्। गत साता अनुपले चिठ्ठामा भारु २५ करोड जितेका थिए। 

अटो चालक पेसाबाट असन्तुष्टि रहेको अनुप मलेसिया जाने तयारीमा थिए। वैदेशिक रोजगारीको तयारी रहेकै बेला अनुपलाई चिठ्ठामा करोडौँ रकम जिते। 

चिठ्ठामा ठूलो धनराशि जितेर प्रफुल्लित बनेका अनुप अहिले घरमै आर्थिक सहयोग माग्नेको भीड बढ्न थालेपछि हैरान भएका छन्। उनी अहिले आफूलाई चिठ्ठा परेकोमा पछुतो मान्दैछन्। 

ज्याकपट विजेता अनुपले हालै सामाजिक सञ्जालमार्फत एउटा भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा आफू र आफ्नो परिवारलाई आर्थिक सहयोग माग्दै आउने विभिन्न व्यक्ति तथा संस्थाको भीड बढ्न थालेको तनाव भएको गुनासो गरेका छन्। ‘यही कारणले घरै बेचेर हिँड्ने लागेका छौँ’, उनले भिडियोमा भनेका छन्। 

भिडियोमा आफ्नो परिवार औषधोपचारका लागि पनि बाहिर निस्किन समस्या भइरहेको अनुपले गुनासो गरेका छन्। –एजेन्सी