काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७५÷७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांशमात्र वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको आज शुक्रबार बसेको बैठकले नगद लाभांशको प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापँुजी २ अर्ब ६० करोड ६६ लाख ४० हजार ४०० रुपैयाँको ८.९५ प्रतिशतले हुन आउने २३ करोड ३५ लाख ३७ हजार २९६.९६ रुपैयाँबराबरको (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट अनुमोदन गर्दै सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।