काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ ।

बैंकले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको बैंक खातामा पुस २९ गतेदेखि नगद लाभांश जम्मा गर्न थालेको हो । बैंकले पुस २९ गते सम्पन्न १५ औँ वार्षिक साधारणसभाले पारित गरेको ८।९५९३ प्रतिशत नगद लाभांश करसहित शेयरधनीको बैंक खातामा जम्मा गरेको छ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले २०७६ पुस १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोज गरेको थियो । यसअनुसार २०७६ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीलाई लाभांश वितरण गरिएको छ । हालसम्म लाभांश प्राप्त नगरेका शेयरधनीलाई आफ्नो शेयर अभौतिकिकरण गराउनु हुन तथा आफ्नो हितग्राही खातामा बैंक खाता अध्यावधिक गर्न समेत बैंकले आग्रह गरेको छ ।

बैंकको शेयर रजिष्ट्रार एन आई बिल क्यापिटल लिमिटेड रहेको छ।