काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

तेस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्मको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ७.६८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले २४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ९० लाख ३१ हजार रुपैयाँ रहेको छ।

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा ३२ करोड ३१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म बैंकको सञ्चालन मुनाफा ३४ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकको खुद नाफा ८२ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म खुद नाफा ७० करोड ९४ लाख रुपैयाँ रहेको थियो।

बैंकले समीक्षा अवधिमा २५ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकले रिजर्भको आकार ४३.१६ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष ४९ करोड ४९ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ७० करोड ८६ लाख रुपैयाँ पुगेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १.४८ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (ईपीएस) १२.४५ गुणा रहेको छ।