काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ७५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्र निष्कासनको अनुमति माग्दै बैंकले गत माघ ७ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।

बैंक रु. १ हजार अंकित दरका कुल ७ लाख ५० हजार इकाइ ऋणपत्र निष्कासन गर्नेछ। कुल इकाइमध्ये ४ लाख ५० हजार इकाइ व्यक्तिगत तवरबाट र बाँकी ३ लाख इकाइ सर्वधारणलाई बिक्री गरिनेछ। 

यो ऋणपत्रको अवधि १० वर्षको हुनेछ। यसमा बैंकले लगानीकर्ताहरुलाई ९ प्रतिशत ब्याज प्रदान गर्नेछ भने ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।