काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुका लागि दुईदिने अभिमुखीकरण तथा बैंकिङ तालिम प्रदान गरेको छ। 

यही वैशाख ५ र ६ गते बैंकका विभिन्न विभाग र शाखाका कर्मचारीहरुलाई त्यस्तो तालिम प्रदान गरिएको हो। कर्मचारीहरुलाई बैंकसम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको बैंकले जनाएको छ। 

कार्यक्रमको समापनका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले  कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयम्को तथा बैंकको दिगो विकासमा योगदान हुने बताए। उनले यस्ता कार्यक्रमहरुले कर्मचारीको सीप विकास तथा आत्मविश्वासमा वृद्घि गर्ने भएकोले यस्ता तालिम कार्यक्रमहरु निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिए। 

काठमाण्डौकोे बालवाटारमा सञ्चालित तालिममा सहभागी कर्मचारीहरुले यस किसिमका तालिमबाट काम गर्ने हौसला प्राप्त भएको बताएका छन्। तालिमको समापनमा तालिमका सहभागीहरुलाई प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नै प्रमाणपत्र प्रदान गरेका थिए। 
बैंकले मुलुकभर ९५ शाखा कार्यालय र ३१ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।