काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा २०.३६ प्रतिशतले बढाउन सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले ३३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा २७ करोड ५६ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी ९६ करोड ८६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ७९ करोड रुपैयाँ रहेको थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ ।

अघिल्लो वर्षका तुलनामा बैंकको सञ्चालन मुनाफा ८ करोड ६३ लाख रुपैयाँले बढेर ५२ करोड १ लाख रुपैयाँ पुगेको छ । बैंकको अघिल्लो वर्षको सोही अवधिमा सञ्चालन मुनाफा ४३ करोड ३७ लाख रुपैयाँ थियो ।

बैंकले रिजर्बको आकार ९४.४० ले बढाएको छ । अघिल्लो वर्ष ३५ करोड १४ लाख रुपैयाँ रिजर्बको आकारलाई बढाएर बैंकले ६८ करोड ३२ लाख रुपैयाँ पुर्याएको हो ।

समीक्षा अवधिमा बैंकले २२ अर्ब ४७ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ४६ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १७ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ३८ करोड ऋण प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २ अर्ब ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पनि बैंकको चुक्ता पुँजी त्यति नै थियो ।

बैंकको प्रतिसेयर आम्दानी १२.७३ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.६२ प्रतिशत रहेको थियो । बैंकको खराब कर्जामा ०.८२ प्रतिशतले घटेको छ ।

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १६.८४ प्रतिशत रहेको छ भने कस्ट अफ फन्ड ८.४८ प्रतिशत र सीडी रेसियो ७५.७६ प्रतिशत रहेको छ ।

बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ११.६६ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १२६.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.४९ गुणा कायम भएको छ ।