काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आज सम्पन्न १७ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि लाभांश अनुमोदन गरेको छ।
काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा आज सम्पन्न वार्षिक साधारणभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशतले लाभांश अनुमोदन गरेको हो। अनुमोदित लाभांशमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर १०१ शाखा कार्यालय, ३१ एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago