काठमाण्डौ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुनाफामा आकर्षक प्रगति गरेको छ।
बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्म बैंकले १६ करोड ४८ लाख मात्र नाफा आर्जन गरेको थियो।
यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख बढी रहेको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म २२ करोड २४ लाख रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाखको उचाइ चुमेको हो। यसरी अघिल्लो वर्षको तुलनामा बैंकले सञ्चालन मुनाफामा समेत ६८.१६ प्रतिशतको छलाङ हानेको छ।
व्यवसाय वृद्धिमा बैंक व्यवस्थापनले ध्यान दिएका कारण खुद ब्याज आम्दानीतर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ। अघिल्लो वर्षको यही अवधिसम्म ५४ करोड २१ लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी बढेर यो वर्ष ७९ करोड ५८ लाख माथि पुगेको छ।
यस्तै अघिल्लो वर्ष ६५ करोड ९५ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढेर समीक्षा अवधिसम्म ७२ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने चुक्तापुँजी पनि २ अर्ब ७३ करोड रुपैयाँबाट बढेर ३ अर्ब १ करोड रुपैयाँ माथि पुगेको छ।
समीक्षा अवधिमा सांग्रीला बैंकले ४५ अर्ब ९२ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड रुपैयाँ बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको थियो।
नाफामा भएको राम्रो बढोत्तरीसँगै सांग्रिला बैंकको दोस्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि वृद्धि भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म ईपीएस १२.६५ रुपैयाँ रहेकोमा बढेर समीक्षा अवधिसम्म १७.३९ रुपैयाँ पुगेको छ।
बैंकले यो अवधिमा खराब कर्जाको अनुपात सुधारमा निकै कसरत गरेको देखिन्छ। परिणामस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म २.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित बन्न पुगेको छ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ८५.६५ प्रतिशत, आधार दर १०.०८ प्रतिशत, कस्ट अफ फन्ड ७.४३ प्रतिशत रहेको छ।
यस्तै प्रतिसेयर नेटवर्थ रु. १३०.९७, मूल्य आम्दानी अनुपात २३.९८ गुणा, तरलता अनुपात २०.८६ प्रतिशत र क्यापिटल एडेक्वेसी रेसियो १२.८० प्रतिशत रहेको छ।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago