काठमाण्डौ। सांग्रिला मोटर्स प्रालिले नेपाली बजारमा ५६.९९ लाखको आकर्षक सुरुआती मूल्यमा अल न्यु ज्याक टी८ को बुकिङ खुला गरेको छ। 

साँग्रिला मोटर्स गोल्छा अर्गनाइजेसन को अटोमोटिभ डिभिजन हो। यस अर्गनाइजेसनले विगत ८ दशकदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ। गोल्छा अर्गनाइजेसन नेपालका लागि फोर्ड, प्युजो र सिट्रोनको एकल आयातकर्ता तथा वितरक हो। 

साँग्रिला मोटर्स आफ्ना ग्राहकका लागि विश्वस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध छ। यसको शोरुम र सर्भिस स्टेसन प्रशिक्षित कर्मचारीहरुका साथ उत्कृष्ट सेवाको अनुभव सुनिश्चित गर्न नवीनतम उपकरणहरुका साथ तयार छन्।

यस कम्पनीले सार्वजनिक गरेको ज्याक टी८ पिकअप ट्रक विश्वको ४० भन्दा धेरै राष्ट्रहरुमा पहिलो रोजाइमा रहेको छ। जर्मनीको एफईभीसँग मिलेर बनाइएको २.० लिटिर टर्बो डिजेल इन्जिनले १३७ हर्षपावर र ३२० एनएमको टर्कका साथ कच्ची बाटोमा पनि आरामदायी यात्रा गर्न सकिन्छ। 

चीनको अटो उद्योगमा ५८ वर्षभन्दा बढी उत्कृष्ट रहेको ज्याक मोटर्स आज विश्वकै लोकप्रिय ब्रान्डमध्ये एक बनेर उदाएको छ।  

नेपालमा सार्वजनिक भएको न्यु ज्याक टी८ आकर्षक र प्रतिस्पर्धी मूल्यमा ग्राहकको सन्तुष्टि पूरा गर्न सबै उन्नत सुरक्षा, आराम र सुविधाले भरिपूर्ण छ। यो ज्याक मोटर्सको आठौँ पुस्ताको अन्तर्राष्ट्रिय प्लेटफर्ममा आधारित छ। जसले स्थिरता, सुरक्षा र आराम प्रदान गर्दछ। टी८ लाइनअपमा ४ बाई ४ को डबल–क्याब रहेको छ। जुन टी६ डबल–क्याब सेग्मेन्टभन्दा माथि प्रिमियम सेग्मेन्टमा रहेको छ।यसको शक्तिशाली नयाँ इन्जिन र जीवनशैली अनुरुप रहेका सुरक्षा सुविधाहरुका साथै आकर्षक डिजाइन पारिवारिक र उपयोगिता–आधारित ड्राइभको लागि लक्षित रहेको छ। यसमा आरामदायी ड्राइभका लागि आकर्षक सुविधाहरु रहेका छन् र यो आफैंमा कुशल र भरपर्दो पनि त्यत्तिकै छ। 

यसबाहेक आफ्नो सेग्मेन्टमा ज्याक टी८ उचित मूल्य भएको पिकअप ट्रक हो।