काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सुयोग श्रेष्ठ नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको आज भदौ ५ गते अपराह्न बसेको बैठकले श्रेष्ठलाई पुनः बैंकको सीईओमा नियुक्त गरेको हो। उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्ति गरिएको बैंकले जनाएको छ। 

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।