काठमाण्डौ । सांग्रिल डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बिहीबार (माघ २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार ६६२ रुपैयाँको कुल ८.९८३ प्रतिशतले हुन आउने २७ करोड ४ लाख ४४ हजार २६८.११ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा ८.५३४ प्रतिशतले हुन आउने २५ करोड ६९ लाख २२ हजार ५४.७१ रुपैयाँबराबरको बोनस सेयर र ०.४४९ प्रतिशतले हुन आउने १ करोड ३५ लाख २२ हजार २१३.४० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र लागू गरिने बैंकले जनाएको छ।
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
20 hours ago