काठमाण्डौ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमीटेडको नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ६ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६ करोड ७८ लाख थियो । 

यो अवधिमा बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १३ करोड ५० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा १४ करोड ६० लाखको उचाईमा पुुगेको छ । 

बैंकले संभावित जोखिम व्यवस्थापन कोषमा १ करोड ८४ लाख रुपैयाँ राखेको छ । 

समीक्षा अवधिमा साइन रेसुङ्गाले १० अर्ब ९३ करोड निक्षेप संकलन गरी ९ अर्ब ६५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९ अर्ब ५ करोड निक्षेप संकलन गरी ८ अर्ब २ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले रिजर्ब कोषलाई समेत थप मजबुत बनाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २६ करोड रुपैयाँ रहेको कोषमा समीक्षा अवधिमासम्म ३३ करोड ४८ लाख जम्मा भएको छ । 

बैंकको निस्क्रिय कर्जा भने बढेको छ । अघिल्लो वर्ष ०.२४ प्रतिशत रहेको यस्तो कर्जा बढेर समीक्षा अवधिमा ०.५३ प्रतिशत पुुगेको हो । ४.१२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ७.५५ प्रतिशत पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८.८९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२४.२९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.७६ गुणा कायम भएको छ ।