काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई मद्दत गर्न साउदी अरब अगाडि आएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तान र साउदी अरबबीच भएको सम्झौताअनुसार साउदी अबरले पाकिस्तानको स्टेट बैंकमा एक वर्षका लागि ३ अर्ब डलर राखिदिनेछ र त्यसबापत पाकिस्तानले वार्षिक ४ प्रतिशत ब्याज दिनेछ।
यसका साथै साउदीले पाकिस्तानलाई हरेक महिना १० करोड डलरबराबरको तेल उधोरोमा दिनेछ। त्यसबापत पाकिस्तानले साउदीलाई ३.८ प्रतिशत ब्याज दिनुपर्नेछ।
दुवै देशबीच भएको यो सम्झौतालाई पाकिस्तानको मन्त्रिपरिषद्ले पनि मन्जुरी दिएको छ।
अहिले पाकिस्तानको स्टेट बैंकसँग २२.७ अर्ब डलर विदेशी मुद्रा सञ्चिती छ। अन्य बैंकहरुमा ६ अर्ब डलर विदेशी मुद्रा सञ्चितीमा छ।
कर्जा तिरेका कारण पाकिस्तानमा विदेशी मुद्राको भण्डारमा कमी देखिएको छ। – एजेन्सी
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago