काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकहरुले साढे ८ अर्ब बढी रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा वाणिज्य बैंकहरुको कुल ८ अर्ब ५१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको देखिएको छ।
यो महिना सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकहरुमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले मात्रै ९९ करोड २३ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ।
यसैगरी उच्च नाफा आर्जन गर्नेमा नबिल बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले ७५ करोड ५५ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ।
साउनमा नाफा आर्जनकै हिसाबले तेस्रो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकको साउनमा मात्रै नाफा ७४ करोड ७९ लाख रुपैयाँ रहेको छ।
यसैगरी धेरै नाफा कमाउने हिमालयन बैंक चौथो स्थानमा रहेको छ। यो बैंकले साउनमा ६३ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
पाँचौँ स्थानमा कुमारी बैंक रहेको छ। यो बैंकले ५७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यसैगरी साउनमा राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकले ४२ करोड ४० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४१ करोड ५० लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ३८ करोड ४० लाख रुपैयाँ र एनएमबी बैंकले ३८ करोड ३० लाख रुपैयाँ बढीको नाफा आर्जन गरेका छन्।
त्यस्तै एभरेस्ट बैंकले ३६ करोड ७० लाख रुपैयाँ, नेपाल बैंकले ३५ करोड रुपैयाँ, कृषि विकास बैंकले ३३ करोड १० लाख रुपैयाँ, प्रभु बैंकले २९ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकले २९ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले २५ करोड १० लाख रुपैयाँ, सिटिजन्स बैंकले २४ करोड ७० लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १८ करोड ८० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १६ करोड रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago