काठमाण्डौ । काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज साउन २२ गतेदेखि लगाउन सुरु गरिने भएको छ।

पहिलो डोज लगाई २१ दिन पूरा भएकाहरुले दोस्रो डोज लगाउन पाउने स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ। कार्यालयका अनुसार १ लाख ६५ हजार व्यक्तिले भेरोसेलको दोस्रो डोज पाउने छन्। 

दोस्रो डोज लगाउन अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र पुग्नुपर्नेछ।