काठमाण्डौ । साउदी अबरले कतारका लागि आफ्नो स्थल जमिन तथा समुद्री सीमाहरु खुला गर्ने भएको छ। साउदीको या अहम निर्णयलाई खाडी मुलुकहरुमा ठूलो घटनाका रुपमा लिइएको छ। 

साउदीले यो निर्णय आज गल्फ कोआपरेसन काउन्सिल (जीसीसी) सम्मेलन घोषणा गर्नेछ। एक वरिष्ठ अधिकारीका अनुसार यो विवाद समाप्त गर्नका लागि एउटा सम्झौतामा हस्ताक्षर पनि हुनेछ।  

छिमेकी मुलुकहरुले आतंकवादलाई बढावा दिएको आरोपमा कतारमाथि साढे ३ वर्षपहिलेदेखि थुप्रै किसिमका प्रतिबन्ध लगाएका छन्। जसमा व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध छन्। प्रतिबन्ध लगाउने साउदी अरबका साथै यूएई, बहराइन र मिस्र छन्। यसरी छिमेकी मुलुकहरुले कतारलाई घेराबन्दी गरेका थिए। 

कतार एउटा सानो तर धनी खाडी मुलुक हो। कतारले सधैँ जिहादी चरमपन्थीलाई बढावा दिएको आरोपलाई नकार्दै आएको छ।

बीबीसीका रक्षा संवाददाता फ्र्यांक गार्डनरका अनुसार लामो समयदेखि कतारमाथि लाग्दै आएको प्रतिबन्ध हटाउनमा कुवेतको ठूलो भूमिका छ। उनले भने, ‘घेराबन्दीका कारण कतार साउदी अबरको वैचारिक दुश्मनहरु तुर्की र इरानको नजिक भएको छ।’

यसैबीच कतारका अमीर तमिम बिन हमद अल थानीले साउदी अरबका राजा सलमानको सम्मेलनमा सहभागी हुने निमन्त्रणा स्वीकारेका छन्। साउदीले आफ्नो हवाईमार्ग र समुद्री तथा जमिनका सीमाहरु खोल्ने फैसलाको विश्वास बढाउनका लागि थानी त्यहाँ सहभागी हुन अति आवश्यक छ। उनले छिमेकी मुलुकहरुले सन् २०१७ मा कतारमाथि प्रतिबन्ध लगाएपछि आफू ती मुलुकहरु नजाने, जहाँ आफ्ना नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइएको भन्ने घोषणा गरेका थिए। 

अमेरिकाको वाल स्ट्रिट पत्रिकामा ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले भनेका छन्, ‘यो अहिलेसम्मकै ठूलो सफलता हो। यसको मतलब यो होइन कि कतार र खाडी मुलुकहरुबीच आपसमा माया बढ्नेछ वा मित्रता बढ्नेछ बरु यो हो कि अब उनीहरु आपसमा मिलेर काम गर्न सक्नेछन्।’ - बीबीसीबाट