काठमाण्डौ । यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउमा आइरहेको गिरावटले निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले गिरावट आएको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको छ भने तेजाबी गोल्ड ९५ हजार ९०० रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९६ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार रुपैयाँ कायम भएको थियो। 

गत बुधबार पनि तोलामा १ हजार २०० रुपैयाँको गिरावट आएको सुनको भाउ आइतबार र सोमबार भने ३००/३०० रुपैयाँ र मंगलबार ९०० रुपैयाँले बढेको थियो। 

समग्रमा यो साता सुनको भाउ तीन दिन बढ्यो भने तीन दिन घट्यो। यसका साथै यो साताभरि सुनको भाउ ५०० रुपैयाँ रुपैयाँले घटेको छ।

गत शुक्रबार प्रतितोला फाइन गोल्ड ९६ हजार ९०० रुपैयाँ तेजाबी गोल्ड ९६ हजार ४०० रुपैयाँ कायम भएको थियो। 

यो साता चाँदीको भाउमा पनि निकै उतारचढाव भयो। आज पनि तोलामै ३५ रुपैयाँ घटेर चाँदी १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि २० रुपैयाँ घटेर प्रतितोला चाँदी १ हजार ३४५ रुपैयाँ कायम भएको थियो। 

गत बुधबार पनि तोलामा ३० रुपैयाँ घटेर चाँदी १ हजार ३६५ रुपैयाँ कायम भएको थियो भने मंगलबार ३० रुपैयाँले र सोमबार २५ रुपैयाँले बढेको थियो। 

समग्रमा यो साताभरि चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ। गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो।