काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर बनेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५० रुपैयाँ काय भएको छ। हिजो बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँले ओरालो लागेको थियो। हिजो प्रतितोला ७२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

गत बुधबार पनि सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

गत मंगलबार तोलामै १ हजार ५०० रुपैयाँ बढेको सुनको भाउ सोमबार भने १०० रुपैयाँले घटेको थियो । गत आइतबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो।

समग्रमा यो साताभरि सुनको भाउ तोला ४०० रुपैयाँ घटेको छ। गत साता प्रतितोला फाइन गोल्ड ९२ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ४५० रुपैयाँ थियो।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोला १ हजार २०० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार भने तोलाम १५ रुपैयाँले घट्दै चाँदीको भाउ १ हजार २०० रुपैयाँमा झरेको थियो। 

यो साताभरि भने चाँदीको तोलामा १० रुपैयाँले घटेको छ। गत साता शुक्रबार चाँदी तोलाको १ हजार २१० रुपैयाँ थियो।