काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आइपीओमा आवेदन गर्नैका लागि डिम्याट खाता र मेरो सेयर खोल्नेको ओइरो नै लागेको देखिएको छ। 

नेपाल इन्फ्रास्टक्चर बैंकको आइपीओ आवेदन गर्ने टार्गेट लिई आवेदनका लागि आवश्यक पर्ने  डिम्याट खाता र मेरो सेयर खोल्नेको संख्या एक सातामै १ लाख १० हजार ५१४ पुगेको छ भने मेरो सेयर लिनेको संख्या ७७ हजार ४३३ पुगेको छ।

सीडीएससीका अनुसार गत पुस २८ गते १८ हजार ७०३ डिम्याट र १८ हजार ७२१ मेरो सेयर खुलेको छ। साताभरिमै गत माघ ४ गते सबैभन्दा बढी ३० हजार १८४ डिम्याट र १८ हजार ७८४ मेरो सेयर खुलेको छ, जुन अहिलसम्मकै एकैदिन खुलेको सर्वाधिक रेकर्ड हो।

एक वर्षअघि भने दैनिक १ हजार देखि १५ सय हाराहारीमा डिम्याट खाता र मेरो सेयर खुल्ने गरेको सीडीएससीको भनाइ छ। आज मंगलबारसम्ममा कुल २६ लाख १० हजार ८६२ डिम्याट खाता खुलेको सीडीएससीले जनाएको छ।