काठमाण्डौ । सातवटै प्रदेश सरकारहरूले आज मंगलबार आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याउने भएका छन्।

प्रदेश सरकारले असार १ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ। सोहीअनुसार आज सबै प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सातै प्रदेशमा नीति तथा कार्यक्रम आइसकेको छ।

प्रदेश नम्बर १ मा अपराह्न ३ बजे प्रदेशसभा बैठकमा बजेट सार्वजनिक गरिनेछ। बजेट ल्याउन प्रदेश नम्बर २ मा अपराह्न ४ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ। 

बागमती प्रदेशमा भने अपराह्न ३ बजे बस्ने प्रदेशसभा बैठकबाट बजेट ल्याइनेछ। 

यसैगरी गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममामा बजेट ल्याउनका लागि अपराह्न ४ बजे प्रदेश बैठक डाकिएको छ। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रदेशहरुको आगामी आर्थिक वर्षको बजेट मुख्यगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहने बताइएको छ।