काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । 

संस्थाको बिहीबार साँझ बसेको संचालक समितिको ९७ औं बैठकले आर्थिक वर्ष २०७७\७८ का लागि लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो । 

संचालक समितिले सो आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २५ करोड ६९ लाख ८० हजार ४०० रुपैयाँको २५ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यसरी कम्पनीले २५ प्रतिशतले हुन आउने ६ करोड ४२ लाख ४५ हजार १०० रुपैयाँ बराबरको बोनस सेयर र ३३ लाख ८१ हजार ३२१ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भइसकेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

प्रस्तावित लाभांश कार्यान्वयनमा आएको खण्डमा संस्थाको चुक्तापूँजी ३२ करोडभन्दा माथि पुग्नेछ ।