काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी माघ १८ गते आफ्नो १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले कृषि विकास बैंकको केन्द्रीय तालिम केन्द्रमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावलाई पारित गर्नेछ ।

साधारणसभाका अन्य अजेण्डाहरुमा आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पारित गर्ने, बोनस प्रयोजनका लागि १.३१७ प्रतिशत नगद लाभांश दिने, वाणिज्य बैंक समूहको तर्फबाट एकजना संस्थापक संचालक र अन्य ३ संस्थापक समूहका संचालक चुन्ने लगायत रहेका छन् ।

साधारणसभा प्रयोजनका लागि यो कम्पनीले माघ ३ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्नेछ । यसको अर्थ यो कम्पनीबाट घोषित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुन माघ २ गतेभित्र कम्पनीको सेयर खरीद गरिसक्नुपर्नेछ ।