काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ३२ करोड ९२ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा पनि कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको नाफा ११.३६ प्रतिशतले घटेको छ।
यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५० करोड ४९ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा १२.४३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ५७ करोड ६५ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी ३ अर्ब ८ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर १ अर्ब ८ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिटेन्ड अर्निङ ७४ करोड २७ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर १०.६६ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.०२ रुपैयाँ रहेको थियो। आरओए ४.८१ प्रतिशत रहेको कम्पनीको नेटवर्थ १७१.१९ रुपैयाँ रहेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago