काठमाण्डौ । सानिमा लाइफ र रिलायन्स लाइफ  इन्स्योरेन्स कम्पनीबीच मर्जरमा जाने सम्झौता भएको छ। 

होटेल मेरियटमा आज बिहान ९ बजे आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा रिलायन्स लाइफका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफका तर्फबाट सञ्चालक घनश्याम थापाले हस्ताक्षर गरेका छन्। 

दायित्व तथा सम्पत्ति मूल्यांकनपश्चात अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको छ। 

समारोहमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखियाको सहभागिता थियो । 

हाल सानिमाको चुक्तापुँजी २ अर्ब ८  करोड रुपैयाँ र रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ। दुवै कम्पनी समान हैसियतमा मर्ज भएमा चुक्तापुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ। 

बीमा समितिको निर्देशनअनुसार जीवन बीमा कम्पनीहरुले न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउनुपर्ने हुन्छ। समितिले तोकेको न्यूनतम चुक्तापुँजी पुर्याउन हकप्रद सेयर जारी गर्नुपर्ने देखिन्छ।