काठमाण्डौ । सानिमा बैंकले काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 

बालबालिकालाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नका लागि काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले राजधानी काठमाण्डौलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ। सो समझदारीपत्रमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्पmबाट डा. भगवान कोइराला र सानिमा बैंकका तर्पmबाट नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले बैंकमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन्। 

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी छन्। 

सानिमा बैंकको देशभर हालसम्म ८६ वटा शाखा सञ्जाल, १८ विस्तारित काउन्टर तथा ९६ वटा एटीएम रहेका छन्।