काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भएको छ। सो समारोहमा बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्दै अध्यक्ष महर्जनले आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई विशेष प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्न सुझाव दिएका थिए। 

यसैगरी हरिसिद्धि कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे। उद्घाटन् समारोहमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले बंैकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा १०८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।