काठमाण्डौ। सानिमा बैंक लिमिटेडले थप तीन स्थानमा शाखा विस्तार गरेको छ।

बैंकले हिजो (असोज २१ गते) कपिलवस्तुको जीतपुरमा र आज (असोज २२ गते) काठमाण्डौको मध्यबानेश्वर र भक्तपुरको बोडेमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको हो। 

जीतपुर कार्यालयको उद्घाटन प्रदेशसभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारु र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले संयुक्त रुपमा गरेका छन्। उद्घाटन् समारोहमा प्रदेशसभा सांसद पन्थीले जीतपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गरे। 

यसैगरी मध्यबानेश्वर कार्यालयको उद्घाटन काठमाण्डौ महानगरपालिका वडा नं १० का अध्यक्ष रामकुमार केसी र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रुपमा गरेका थिए। यसका साथै बोडे कार्यालयको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गरे। 

त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दहालले ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११२ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।