काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज कात्तिक ४ गतेबाट काठमाण्डौको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। 

चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्त रुपमा गरेका छन्। 

यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका छन्। 

उद्घाटन समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। 

सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।