काठमाण्डौ । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा तुकप्रसाद पौडेल नियुक्त भएका छन्।

बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष आफ्नो ओहोदाको सपथ ग्रहण गरेका छन्। 

पौडेल यसअघि पनि बैंकको संस्थापक समूहका तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रही कार्य गरिसकेका छन्। 

नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेसाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् भने देशभित्र हाइड्रोविज्ञका रुपमा परिचित छन्। विगत २४ वर्षको पेसागत अनुभव सँगालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी भइसकेका छन्।