काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमीटेडले आगामी पुस २८ गते आफ्नो छैठौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट क्याफे एण्ड ब्याङ्क्वेटमा वार्षिक साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा सानिमा हाइड्रोपावर लिमीटेडलाई गाभ्ने र यसका लागि कम्पनीको तर्फबाट पूरा गर्ने आवश्यक प्रक्रियाहरु ग्र्न संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश हुने सूचनामा उल्लेख छ । 

यसबाहेक छैठौ वार्षिक साधारणसभाका लागि संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने संचालकहरुको बैठक भत्ता वृद्धि गर्ने लगायतका अजेण्डा समेत प्रस्तावको रुपमा पेश हुनेछन् । 

कम्पनीको साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ पुस १३ गतेसम्म यो कम्पनीको सेयरधनी खरीद गर्ने वा नामसारी गर्नेहरुले साधारणसभामा सहभागी हुन पाउनेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ५ करोड रहेको छ । यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा २८ करोड ९९ लाख खूद नाफा आर्जन गरेको थियो ।