काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले विशेष साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित धुम्रबराह पार्टी प्यालेस एन्ड रेस्टुरेन्टमा बिहान १० बजेबाट हुनेछ। 

सभाले विशेष प्रस्तावका रुपमा राखिने मर्जर प्रक्रिया अगाडि बढाउने अजेन्डा अनुमोदन गर्नेछ। जसअनुसार अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्णको काम अगाडि बढाउने र प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

सभा प्रयोजनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असार ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन पाउनेछन्।