काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा सुधार गर्दै सानिमा बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि २०.३१ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । 

आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म बैंकले १ अर्ब ६२ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । 

बैंकले समीक्षा अवधिमा २ अर्ब २४ करोड खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा खुद नाफातर्फ बैंकले ३२.१५ प्रतिशत खुद नाफामा बढोत्तरी गरेको हो । अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ६३ करोड रुपैयाँ थियो । 

बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी ३ अर्ब १ करोडमा सीमित थियो । यसले बैंकको व्यवसाय विस्तार आक्रामक रहेको देखाउँछ । 

अघिल्लो वर्ष २ अर्ब ४१ करोडमा सीमित सञ्चालन मुनाफालाई बढाएर बैंकले ३ अर्ब २० करोड पुर्याएको छ । त्यस्तै अघिल्लो वर्ष १ अर्ब ६४ करोड रुपैयाँमा सीमित रिजर्बको आकार बढाएर बैंकले २ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । 

समीक्षा अवधिमा बैंकले रिटेन अर्निङतर्फ ४४.४७ प्रतिशतले वृद्ध गरेको छ । अघिल्लो वर्ष १ अर्ब १३ करोड रुपैयाँ रिटेन अर्निङ रहेको बैंक समीक्षा अवधिमा १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । 

बैंकले ८९ अर्ब ३७ करोड निक्षेप संकलन गरी ८१ अर्ब २४ करोड ऋण प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७७ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५९ करोड ऋण प्रवाह गरेको थियो । 

बैंकको प्रतिसेयर आम्दानी २८.०४ रुपैयाँ रहेको छ । 

बैंकको खराब कर्जा ०.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा प्रतिशत ०.०३ रहेको थियो । यो बै.कको खराब कर्जामा ०.०५ प्रतिशतले बढेको देखाएको छ । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.११ पतिशत रहेको छ भने कस्ट अफ फन्ड ७.३९ प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ । 
बैंकले समीक्षा अवधिमा आफ्नो आधार दरलाई ९.४५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.४१ गुणा कायम भएको छ ।