काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँटड आज शुक्रबार बिहान ८ः३० बाँडफाड गरेको छ । 

धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडका सीईओ रमेन्द्र रायमाझीले अनामनगरस्थित क्यापिटलको मुख्य कार्यालयमा आईपीओ बाँडफाँड कार्यक्रम भएको जानकारी दिएका हुन् । 

आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गरिएको थियो । 

यो कम्पनीले असोज २१ गतेदेखि असोज २५ गतेसम्म ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता निश्कासन गरेकोमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुटयाइएको थियो। बाँकी २७ लाख ३० हजार कित्ता सेयरमा सर्वसाधारणका लागि छुट्याइएको थियो।

क्यापिटलका अनुसार गत आइतबार साँझसम्ममा ८ लाख ६३ हजार ५४५ वटा सदर आवेदन परेको थियो। यसअनुसार आवेदन दिएकामध्ये भाग्यमानी २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । 

आइपीओको रिजल्ट हेर्न आफ्नो डिम्याट खाता नम्बर र कम्पनीको नाम हालेर यो लिंकमा जानुहोला ।