काठमाण्डौ । सानिमा बैंकले आगामी असोज २९ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । 

यो बैंकको असोज ८ गते सम्पन्न बोर्ड बैठकले कम्पनीको १३ औं वार्षिक साधारणसभा २९ गते आह्वान गरेको हो । 

साधारणसभाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्नेछ । अघिल्लो आर्थिक वर्षको आम्दानी तथा खर्च विवरण, सम्पूर्ण वासलात स्वीकृत गर्नेछ भने चालुु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति लगायतको प्रस्ताव समेत पारित गर्नेछ ।