काठमाण्डौ । अधिकांश ठूला बैंकहरुको नाफामा संकुचन आइरहेको बेला झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले भने चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड ७७ लाख नाफा कमाएको यो बैंकले समीक्षा अवधिमा ३ करोड १५ लाख खूद नाफा आर्जन गरेको हो । 

अचाक्ली ब्याज खर्चका कारण खूद ब्याज आम्दानी घटे पनि ७६ लाख ६५ हजार रुपैयाँ राइटब्याक गरेर यो बैंकले नाफा बढाएको हो । अघिल्लो वर्षको यही अवधिमा ६ करोड ८३ लाख रुपैयाँमा सीमित रहेको खूद ब्याज आम्दानी ६ करोड ७१ लखमा सीमित बन्न पुुगेको हो । 

यो अवधिमा बैंकले ४ अर्ब ५५ करोड निक्षेप संकलन गरी ३ अर्ब ८७ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ अर्ब ७९ करोड निक्षेप संकलन गरी ३ अर्ब ३० करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकले जगेडाकोषलाई निकै मजबुत बनाएको छ । १९ करोडमा सीमित जगेडाकोष समीक्षा अवधिमा बढेर ३७ करोडको उचाईमा पुुगेको छ । 

बैंकले खराब कर्जालाई घटाएको छ । अघिल्लो वर्ष १.५४ प्रतिशत रहेको यस्तो कर्जा १ प्रतिशतमा झार्न व्यवस्थापन सफल बनेको हो । २.८२ प्रतिशतमा रहेको कस्ट अफ फण्ड बढेर ५.२३ प्रतिशत पुुगेको छ भने २३.५९ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल घटेर २०.४२ प्रतिशतमा सीमित बन्न पुुगेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३२.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.९० रुपैयाँ र मूल्य  आम्दानी अनुपात १४.९४ गुणा कायम भएको छ ।