काठमाण्डौ । सामसुङको नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन्। 

सामसुङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको विश्वव्यापी बिक्री शुभारम्भ भएसँगै नेपाली बजारमा सामसुङको सर्वप्रिय ए–सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ। अब भने ती नयाँ स्मार्टफोनहरु नेपाल आउने पक्का भएजस्तो देखिन्छ। 

सामसुङ नेपालको आधिकारिक सामाजिक सञ्जालका प्लेटफर्महरुमा त्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरु देख्न सकिन्छ। 

नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी विश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकेका छन् र विशेषगरी तिनमा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्ता मुख्य विशेषताहरुमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ। 

दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन्। ग्यालेक्सी ए३४ ५जी ४८ एमपी प्राइमेरी क्यामरा र २ एमपी म्याक्रो लेन्सका साथ आएको छ भने ग्यालेक्सी ए५४ ५जीमा ५ एमपी म्याक्रो लेन्ससहित ५० एमपी प्राइमेरी रहेको छ। दुवै फोनहरुमा ८ एमपीको अल्ट्रा वाइड एंगल लेन्सजडित छ। यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो, भिडियो, इन्हान्सड ओआईएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउन सकिन्छ। 

दुवै ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएकाृ सुपर एमोलेड डिस्प्लेमार्फत प्रयोगकर्ताहरु उनीहरुको रोजाइँमा ढुक्क हुन सक्छन्।  यी फोनहरु अतुलनीय रुपमा बलिया पनि छन्। यसका पानी र धुलो प्रतिरोधक आईपी६७ र कर्निङ गोरिल्ला ग्लास ५ सुरक्षण र सामसुङको सिग्नेचर नक्स सेक्युरिटीका साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन्। 

ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ। यी विशेषताहरले प्रयोगकर्ताहरुलाई उनीहरुको स्मार्टफोनको जीवनचक्रलाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँच दिनेछन्। 

सामसुङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको डिजाइन ग्यालेक्सी एस२३ को मुख्य डिजाइनसँग मिल्दोजुल्दो रहेको छ। जुन यसको सबैभन्दा ठूलो अपिलमध्येको एक हो। 

सामसुङले ए–सिरिजको शृंखलामा यी नवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ। ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीले यसका प्रयोगकर्ताहरुको जिन्दगीमा साँचो अनुपम अनुभूति ल्याइदिनेछ र यी तयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुनेछ।